पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, ३० असार । नेपाल आयल निगम (एनओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टतिेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय २८ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ११ रूपैयाँ पुगेको छ ।

पटक-पटक बढेको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् ।

आन्दोलनरत ५ विद्यार्थी संगठनले निगमको यो निर्णयपश्चात् विरोधका कार्यक्रम फिर्ता हुने भन्ने विश्वास निगमको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको र सोको कारणले निगमको लागत बढी रहेकोले निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्दै लानुपर्ने बाध्यतालाई सबै पक्षले बुझ्नु पर्ने निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here