विदेशी विनिमय सञ्चिति बढ्यो, जेठ मसान्तमा १३ खर्ब ६५ अर्ब मौज्दात

काठमाडौं, ३१ असार । विदेशी विनिमय सञ्चिति बढेको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७७/ ०७८ को ११ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।

तथ्यांक अनुसार २०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.६ प्रतिशतले कमी आई २०७८ जेठ मसान्तमा रु.१३६५ अर्ब ६५ करोड कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ जेठ मसान्तमा ०.६ प्रतिशतले वृद्धि भई ११ अर्ब ७१ करोड पुगेको छ ।

द्दद्द। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रु.१२२६ अर्ब १२ करोड रहेकोमा २०७८ जेठ मसान्तमा २.३ प्रतिशतले कमी आई रु.११९७ अर्ब ६५ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु.१७५ अर्ब ७१ करोड रहेकोमा २०७८ जेठ मसान्तमा ४.४ प्रतिशतले कमी आई रु.१६८ अर्ब कायम भएको छ ।

२०७८ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.६ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here