जलविद्युत चम्किँदा दोहोरो अंकले बढ्यो शेयर बजार, आठ अर्बको कारोबार

काठमाडौं, ३१ असार । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ११.३३ अंकले बढेर २८८३.३८ अंकमा पुगेको छ ।

बिहीबार सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । इन्डेक्स १.९३ अंकले बढेर ५४१.३१ अंकमा पुगेको छ ।

आज होटल एण्ड टुरिजम, अन्य, विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन र समुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक बढ्यो ।

सबैभन्दा धेरै होटल एण्ड टुरिजम समुहको सूचक बढ्यो । यस समुहको सूचक १.४० प्रतिशत घट्यो । त्यस्तै, अन्य समुहको ०.३७ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै जलविद्युत समुहको सूचक बढ्यो । जलविद्युतको सूचक १.९८ प्रतिशत बढ्यो । त्यस्तै, फाइनान्सको १.९५ प्रतिशत बढ्यो ।

कारोबार रकममा पनि बिहीबार वृद्धि भएको छ । आज २२३ कम्पनीको ५ करोड ५८ लाख २ हजार १०९ कित्ता शेयर किनबेच हुदाँ ८ अर्ब १४ करोड ३६ लाखको कारोबार भयो ।

बिहीबार एउटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । पोजेटिभ सर्किट लाग्नेमा निगडी ग्रुप पावर रहेको छ । कम्पनीको शेयर मूल्य ९.४० प्रतिशत बढ्यो ।

त्यस्तै, राइरङ हाइड्रोपावर डेभलपर्सको ८.९१ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा कृषि विकास डिब्यून्टरका शेयर धनी छन् । कृषि विकास डिब्यून्टरको शेयर मूल्य ३.९० प्रतिशत घट्यो । त्यस्तै, सिभिल लघुवित्त वित्तीय संस्थाको २.८६ प्रतिशत घट्यो ।

बिहीबार सबैभन्दा धेरै कारोबार गोर्खाज फाइनान्सुले गर्यो । फाइनान्सले ३६ करोड ७० लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here