प्रदेशले ल्याए आ-आफ्नै बजेट, कुन प्रदेशकाे कति ?

काठमाडाैं, १ असार । केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ काे लागि १५ खर्ब ३२ अर्बकाे बजेट ल्याएकाे दुई सातापछि प्रदेशहरूले पनि आ-आफ्नै बजेट ल्याएका छन् ।

कुन प्रदेशकाे कति बजेट ?

प्रदेश १

प्रदेश १ ले आगामी आर्थिक वर्ष २०७६/७७ काे लागि ४२ अर्ब २० करोडको बजेट ल्याएको छ ।

प्रदेश १ आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरे ।

प्रदेश १ ले चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार छुट्याएकाे छ ।

प्रदेश ५

प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएकाे छ ।

मुख्य मन्त्री तथा आर्थिक मामिलामन्त्री शंकर पाेखरेलले आइतबार प्रदेशसभा बैठकमा पेश गरेकाे बजेटमा चालुतर्फ १३ अर्ब ४५ करोड ५ लाख र पुँजीगततर्फ १८ अर्ब ५७ करोड ६४ लाख रूपैयाँ छुट्याइएकाे छ ।

गण्डकी प्रदेश

त्यस्तै गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएकाे छ । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् ।

आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याइएकाे बजेटमा चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख छुट्याइएकाे छ ।

कर्णाली प्रदेश

यसैगरी कर्णाली प्रदेशले आर्थिक वर्ष २०७६/०७७ का लागि ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ ।

प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभा बैठकमा पेश गरेकाे बजेटमा
चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख छुट्याइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here