काठमाडौं, १ साउन । नेकपा एमालेले पार्टी एकता गर्न बनाएको १० सदस्यीय कार्यदल खारेज गरेको छ ।
स्थायी समितिको शुक्रबार बसेको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै पार्टी एकता गर्न बनेको कार्यदल विघटन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यस्तै, बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन समेत दिएको छ ।