विश्वमा कोरोना : ब्राजिलमा मात्रै साढे पाँच लाखको मृत्यु

काठमाडौं, ११ साउन । कोरोना भाइरस महामारीका कारण ब्राजिलमा मृत्यु हुनेको सङ्ख्या लगभग साढे पाँच लाख पुगेको छ ।

विश्वमा अमेरिकापछि ब्राजिल कोरोना सङ्क्रमणका कारण धेरै नागरिक गुमाउने मुलुक हो । एकै दिन चार सय २४ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुनेको सङ्ख्या पाँच लाख ४९ हजार नौ सय २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार एक सय २९ नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या एक करोड ९६ लाख ८८ हजार छ सय ६३ पुगेको छ । एक करोड ८३ लाख ४९ हजार चार सय ३६ जना उपचारपछि निको भइसकेका छन् ।

एकै दिन आठ हजार छ सय ७६ जना सङ्क्रमणमुक्त बनेका छन् । सात लाख ८९ हजार तीन सय तीन जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । समग्र सङ्क्रमणका हिसाबमा ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

छिमेकी मुलुक भारतमा एकै दिन चार सय ११ जनाको मृत्यु कोरोनाका कारण भएको छ । हालसम्म चार लाख २० हजार नौ सय ९६ सङ्क्रमितको मृत्यु भइसकेको छ । सङ्क्रमित गुमाउनेमा भारत विश्वकै तेस्रो नम्बरमा छ ।

तर समग्र सङ्क्रमणका हिसाबमा विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार एक सय ५३ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड १४ लाख नौ हजार छ सय ३९ पुगेको छ ।

तीन करोड पाँच लाख ७१ हजार तीन सय ९९ जना उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किएका छन् । एकै दिन ३५ हजार नौ सय नौ जनाले कोरोनालाई पराजित गर्न सके । चार लाख १७ हजार दुई सय ४४ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ४९ जनाको मृत्यु भएसँगै हालसम्म छ लाख २६ हजार सात सय ६२ सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १३ हजार एक सय ५१ जना नयाँ बिरामी थपिएका छन् ।

सङ्क्रमित सङ्ख्या तीन करोड ५१ लाख ९८ हजार सात सय ९८ पुगेको छ । दुई करोड ९५ लाख ११ हजार नौ सय नौ जना उपचारपछि निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा पाँच हजार चार सय ५४ जनाले कोरोनालाई जितेका छन् ।

५० लाख ६० हजार एक सय २७ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार एक सय १३ जनाको अवस्था गम्भीर छ ।

विश्वमा एकै दिन छ हजार चार सय ६९ जनाको मृत्यु कोरोनाका कारण भएको छ । हालसम्म विश्वभर ४१ लाख ७४ हजार चार सय ७७ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा चार लाख १५ हजार २१ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या १९ करोड ४७ लाख ८९ हजार एक सय ५० पुगेको छ । १७ करोड ६७ लाख ४२ हजार आठ सय ६२ जना उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

एकै दिन दुई लाख ९१ हजार आठ सय ७० जना कोरोनामुक्त बनेका छन् । एक करोड ३८ लाख ७१ हजार आठ सय ११ जनाको उपचार जारी छ । उपचाररतमध्ये ८४ हजार तीन सय २४ जनाको अवस्था गम्भीर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here