चीनको नान्जिङमा नयाँ भेरियण्ट फैलियो, वुहानपछिको ‘सबैभन्दा खराब’ स्थिति

काठमाडौं, १६ साउन । चीनको नान्जिङ सहरबाट कोरोना भाइरसको नयाँ भेरियण्ट अन्त फैलिएको छ । नान्जिङमा भाइरस फेला परेपछि अरु पाँच प्रान्त र राजधानी बेइजिङसम्म विस्तार भएको हो ।

विज्ञले अहिलेको अवस्थालाई वुहानपछिको सबैभन्दा खराब अवस्थाको संज्ञा दिएका छन् ।

गएको जुलाई २० मा नान्जिङ विमानस्थलमा एक जनामा कोरोना भाइरस फेला परेको थियो । त्यसपछि झन्डै दुई सय जना सङ्क्रमित भइसकेका छन् ।

सङक्रमण फैलिएका सहरमा व्यापक परीक्षण सुरु भएको छ । सहरका ९३ लाख बासिन्दा र आगन्तुकको परीक्षण गरिने चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

कोरोना भाइरसको अतिसङ्क्रामक डेल्टा भेरियन्टका कारण सङ्क्रमण फैलिएको हो । भाइरस चङ्दु र बेइजिङसहित १३ वटा सहरमा फैलिसकेको पुष्टि भएको छ । अहिले प्रारम्भिक चरण भएकाले नियन्त्रण गर्न सकिने विज्ञहरूले बताएका छन् ।

सरकारी निकायले परीक्षण गराउन जाँदा मास्क लगाउन, एक मिटरको दूरीमा उभिन तथा पालो कुर्दा अरूसँग कुरा नगर्न आग्रह गरेका छन् । सङ्क्रमण भएका व्यक्तिले खोप लिएका थिए कि थिएनन् स्पष्ट भइसकेको छैन ।

सरकारी निकायबाट चुक भएको भन्दै आलोचना भएको बेला अधिकारीहरूले सहरभरि परीक्षण सुरु गरेका छन्।

सहरका ९३ लाख बासिन्दा र आगन्तुकहरूको परीक्षण गरिने समाचारसंस्था सिन्ह्वाले जनाएको छ। सामाजिक सञ्जालमा प्रेषित तस्बिरमा मानिसहरू परीक्षणका लागि पङ्क्तिबद्ध भएको देखिन्छ।

सरकारी निकायले मानिसहरूलाई परीक्षण गराउन जाँदा मास्क लगाउन, एक मिटरको दूरीमा उभिन तथा पालो कुर्दा अरूसँग कुरा नगर्न आग्रह गरेको विवरणहरू प्राप्त भएका छन्।

कसरी फैलियो भाइरस?

अधिकारीहरूका अनुसार कोरोनाभाइरसको अतिसङ्क्रामक डेल्टा भेरिअन्टका कारण सङ्क्रमण फैलिएको हो। एउटा व्यस्त विमानस्थलमा फेला परेको हुँदा उक्त भाइरस धेरैतिर फैलिसकेको उनीहरूको भनाइ छ।

नान्जिङका एक स्वास्थ्य अधिकारीले त्यहाँ फेला परेका सङ्क्रमितहरूको सम्बन्ध रुसबाट आएको एउटा विमान सफा गर्न गएका कर्मचारीसँग भएको बताएका छन्। उक्त विमान जुलाई १० मा रुसबाट आएको थियो।

सिन्ह्वाका अनुसार ती कर्मचारीले सरसफाइसम्बन्धी कडा नियम पालना नगरेको सिन्ह्वाले जनाएको छ।
-बिबिसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here