लुम्बिनीको मुख्यमन्त्रीमा ४२ जनाको हस्ताक्षरसहितको कुलप्रसाद केसीको दाबी पेश

काठमाडौं, २८ साउन । माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

लुम्बिनी प्रदेशमा केसीले चार दलीय गठबन्धनको समर्थनमा ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् ।

८० सदस्य रहेको लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनमा कांग्रेस १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादी ३ र जनमोर्चा १ गरी ४२ सदस्य छन् । प्रतिपक्षी दल एमालेसँग ३७ जना सांसद रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here