प्रदेश नम्बर २ का प्रमुखमा हरिशंकर मिश्र नियुक्त, राजेश अहिराज पदमुक्त

काठमाडौं, ३२ साउन । सरकारले नम्बर २ का प्रदेश प्रमुख परिर्वतन गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गरेको हो । झाको ठाँउमा हरिशंकर मिश्र नियुक्त गर्ने निर्णय गरेको छ।

अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो । नयाँ प्रमुख प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता हुन् ।

महोत्तरीको पिपरा गाउँपालिकाको पिपरा बस्ने उनी नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन्। मिश्र नेपाली कांग्रेसबाट संसद समेत निर्वाचित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here