‘वामदेव एमालेमै हुनुहुन्छ, एमाले छोड्यो भनेर चरित्र हत्या गरियो’-सचिवालय

काठमाडौं, ६ भदौं । नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम नवगठित नेकपा एकीकृत समाजवादीमा नरहेको उनको सचिवालयले जनाएको छ ।

उपाध्यक्ष गौतम नेकपा एमालेमै रहेको आईतबार उनको स्वकीय सचिव दीपक टमाटाले स्पष्ट पारेका हुन् ।

गौतमका स्वकिय सचिव दिपक टमाटाले आज फेसबुकमा स्टाटस लेखेर वामदेव गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृतमा गएको हल्ला मात्रै भएको र उहाँको चरित्र हत्या गर्ने काम मात्र भएको बताएका हुन् ।

‘आजकल केही दिन देखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क‍मरेड वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटो सहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होईन,’ स्टाटसमा भनिएको छ।’

त्यस्तै, सचिवालयले विभिन्न खाले प्रचार प्रसारमा कुनै सत्यता नभएको पनि दावी गरेको छ ।

अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्याशैली प्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो स्टाटसमा उल्लेख छ ।

उनले पछिल्लो समय उपाध्यक्ष गौतम माधव नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा गएको साथै मन्त्री बन्दै भन्ने शिर्षका समाचारमा कुनै सत्यता नरहेको टमाटाले बताएका छन् ।