अल्टिमेटमबारे गोकुलको टिप्पणी-‘जानेलाई बाटो छ, मंगलबारपछि बुधबार आउँछ’

काठमाडौं, ६ भदौं । एमाले नेता भीम रावललगायत दोस्रो धारका नेताहरुले मंगलबारसम्म दिएको अल्टिमेटमबारे गोकुल प्रसाद बाँस्कोटाले लागि कडा टिप्पणी गरेका छन् ।

रावललगायतका नेताहरुले मंगलबारसम्म दश बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिएपछि नेता बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

मंगलबारे समयको रोईलो मैले बुझिन।बस्नेलाई राडी बिच्छ्यएको फलैचा जानेलाई बाटो।काग र कोईली कालै देखिन्छन र चलाख पनि।तर खास फरक गृष्मयाममा देखिन्छ।र,सबैलाई थाहा छ मंगलबार पछि बुधबार आउछ।

नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत लेखेका छन्–‘मंगलबारे समयको रोईलो मैले बुझिन।बस्नेलाई राडी बिच्छ्यएको फलैचा जानेलाई बाटो।काग र कोईली कालै देखिन्छन र चलाख पनि।तर खास फरक गृष्मयाममा देखिन्छ। र,सबैलाई थाहा छ मंगलबार पछि बुधबार आउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here