काबुल विमानस्थलमा श्रृंखलाबद्ध विस्फोट, १३ अमेरिकी सैनिकसहित ७३ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थलबाहिर भएका दुई श्रृंखलाबद्ध विस्फोटमा ज्यान गुमाउनेको संख्या ७३ नाघेको छ ।

विमानस्थलमा खटिएका १३ अमेरिकी सैनिकसहित ६० जनाभन्दा बढी अफगान नागरिकले गुमाएका हुन् ।

इस्लामिक आतंकवादीहरुबाट गराईएको यस विस्फोटको तालिवानले निन्दा गरेको छ । घटनामा परि दर्जनौं घाइते भएका छन् । विस्फोटमा परेर कयौँ अमेरिकी नागरिक घाइते भएका छन् ।

बेलायतले भने अहिलेसम्म आफ्ना नागरिक र सेना सुरक्षित रहेको जनाएको छ । काबुल विमानस्थलमा हजारौँ उद्धारका लागि पर्खिरहेका बेलामा बम विस्फोट भएको हो।

जिहादी समूहले आफूले विस्फोट गराएको दाबी गरेको छ । यसअघि काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको भन्दै अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका थिए ।

उनीहरुले आक्रमणको जोखिम रहेकाले विमानस्थलबाट परै बस्न आह्वान गरेका थिए । तर, चेतावनीको बेवास्ता गर्दा ठूलो मानवीय क्षति हुन पुगेको छ ।

अफनिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि देश छोड्न काबुल विमानस्थल आसपास भेला भएको भिडलाई लक्षित गरि विस्फोट गराईएको थियो ।

अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिए पछि त्यहाँबाट एक लाख मानिसको उद्धार भइसकेको छ । अगस्ट ३१ तारिखसम्म तालिबानले उद्धारका लागि अनुमति दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here