उपत्यकामा निषेध आदेशकाे स्वरूप परिवर्तन, मनोरञ्जन स्थलमा लगाइएको रोक हट्यो

काठमाडौं, १६ भदौं । काठमाडौं उपत्यकाका उपत्यकामा मनोरञ्जन स्थलमा लगाइएको रोक हटेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयहरूले स्मार्ट लकडाउनको प्रावधानभित्र रही मनोरञ्जन स्थल खोल्न निर्देशन दिएको हो ।

यो सँगै यसअघि बन्द रहेका सिनेमा हल,पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सङ्ग्रहालयलगायत संचालन गर्न पाइनेछ ।

यो निर्णयसँगै उपत्यकामा भोलिबाट सिनेमा हल खुल्ने छन् । सतप्रतिशत सिट क्षमतामा सिनेमा हल खुल्न लागेका हुन् । पहिलो र दोस्रो कोभिड लहरका बीचमा केही समय सिनेमा हल खुले पनि ५० प्रतिशत अकुपेन्सीमा खुल्न दिइएको थियो ।

उक्त समयमा करिब २० प्रतिशत सिनेमा हल मात्रै खुलेका थिए । कोरोना संक्रमणको त्रासका कारण दर्शक आउँदैनन् भन्दै ठूला ब्यानरका सिनेमा रिलिज भएका थिएनन् ।

जारी निषेधाज्ञा पहिलेभन्दा धेरै खुकुलो बनाउँदै भदौ मसान्तसम्मको लागि भने लम्ब्याइएको छ। अनावश्यक रुपमा मानिस जम्मा हुन, भीड गर्न, सभा, जुलुस, भोजभतेर गर्न भने नपाउने जिल्ला प्रशासनले जनाएको छ ।

त्यस्तै, निर्माण सामग्री ढुवानी गर्न पाउने समय पनि तोकेको छ । प्रशासनले काठमाडौं उपत्यका भित्र ८ घण्टा मात्र निर्माण सामग्री ढुवानी गर्न पाउने गरी समय सीमा तोकेको हो ।

प्रशासनले बुधबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाउने जनाएको हो ।

स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजेसम्म गर्न पाइनेछ । स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र चार बजेदेखि ७ बजेसम्म गर्न पाउने आदेशमा उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here