श्रीलंकन भेट्रान विकेट किपर उपुल थारङ्गाले भैरहवाबाट इपिएल खेल्ने

काठमाडौं, १८ भदौ । श्रीलंकन भेट्रान विकेट किपर ब्याट्सम्यान उपुल थारङ्गा भैरहवा ग्लाडिएटर्स टिममा अनुबन्धन भएका छन् ।

भैरहवाले यसअघि श्रीलंकाका स्टार दिनेश चण्डीमाल प्रतियोगिता नखेल्ने भएपछि दिनेशको स्थानमा उपुललाई अनुबन्धन गरेको हो ।

भैरहवाको प्रशिक्षक पूर्वराष्ट्रिय टिमका कोच पुवुदु दशानायकी रहेका छन्। शरद भेषवाकर कप्तानका रुपमा रहेका छन्।

आरिफ शेख, रोहित कुमार पौडेल, अभिनाष बोहोरा, कुशल मल्ल लगायत स्टार खेलाडीहरु रहेका छन्।

देब्रे हाते विकेटकिपर ब्याट्सम्यान थारङ्गाले ३१ टेस्ट तथा २३५ एकदिवसिय र २६ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

उनीसँग १२५ टी-२० खेलको अनुभव रहेको छ। उनले एक दिवसीयमा भने १५ शतकसहित ३५ अर्धशतकको मद्दतमा ६ हजार ९५१ रन बनाएका छन्। उनले टी-२० मा २ शतक र १९ अर्धशतकसहित कुल ३३८४ रन बनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here