कतै तपाईंकाे बच्चाले झुटाे त बाेल्दैनन् ? यसरी बदल्नुहाेस् उनीहरुको बानी

अक्सर हामी बच्चाहरुले जे भन्छन् त्यो कुरा पत्याउँछौं किनभने बच्चाहरुले कहिल्यै झुट बोल्दैनन् भन्ने हाम्रो मान्यता हुन्छ । बच्चाहरु अवोध हुने भएकाले उनीहरुलाई ठूला मानिसहरुलाई जस्तो ढाँटछल गर्न आँउदैन भनेर हामी सोच्ने गर्छौं ।

प्राय स–साना बच्चाहरुले यस्तो कुराहरु गर्छन् कि हामी आँखा चिम्लेर त्यो कुरा विश्वास गरिहाल्छौं । हामीलाई उनीहरुको कुरा सबै सत्य हो जस्तो लाग्छ । तर, कहिलेकाँही बच्चाहरुले पनि झुटो बोल्न सक्छन् ।

किन झुट बोल्छन् बच्चाहरु ?

बच्चाहरु झुट बोल्ने कुरा धेरै ठुलो आश्चर्यको कुरा होइन । किनभने उनीहरुको कल्पना शक्ति धेरै बलियो हुन्छ ।

त्यसकारण उनीहरु आफ्नो कल्पना शक्तिको प्रयोग गरे धेरै प्रकारका कहानीहरु भन्ने गर्छन् र हामी पनि कहानीहरु सुन्न आनन्द मान्ने गर्दछौं ।

सबै कुरालाई राम्रोसँग हेर्दा कुनै समयमा उनीहरुले भनेका कुराहरु सत्य नहुन पनि सक्छन् । त्यस्ता झुट कुराहरुलाई हामीले ध्यान नदिँदा उनीहरुमा विस्तारै झुट बोल्ने बानी विकास हुँदै जान्छ ।

बच्चाहरुले काल्पनिक र सत्य कुराहरु बीच फरक छुट्याउन सक्दैनन् । त्यसकारण नचाहँदा नचाहदै पनि उनीहरु झुट बोल्ने गर्दछन् ।

यदि तपाईंको बच्चा पनि झुट बोल्ने गर्छन् र उनीहरुको यस्तो बानी कसरी छुटाउने भनेर चिन्तित हुनभएको छ भने यो सामग्री तपाईंको लागि उपायोगी हुन सक्छ ।

बाल मनोविज्ञहरुका अनुसार बच्चाहरुको यस्ता बानीलाई सुधार गर्नको लागि दैनिक रुपमा निम्न कुराहरुमा ध्यान दिनुपर्दछ ।

१. उनीहरुको कुरालाई नसुनेको जस्तो नगर्ने

बच्चाहरुले बोल्ने स–साना झुटहरुलाई बच्चा त हुन् । उनीहरुले बच्चाले यस्तो कुरा बोलिहाल्छन् भनेर नसुने जस्तो गर्नु हुदैन् ।

जस्तो कि उनीहरुले कतिपय समयमा तपाईलाई खुसी पार्नको लागि मैले धेरै समयसम्म पढेको वा कुनै काम गरेको भनेर भन्न सक्छन् । यस्तो समयमा उनीहरुलाई झुट जुनकुनै समयमा बोले पनि र जसरि बोले पनि झुट नै हो भन्ने कुरा बुझाउन सक्नुपर्दछ ।

२. कुराकानी गरेर बच्चाहरुलाई सम्झाउने

उनीहरुले झुट बोलेको थाहा पाउनुभयो भने त्यस्तो प्रकारको झुट बोल्नु कुनै आवश्यक छैन भनेर भन्नुहोस् । जुन बच्चाहरु आफ्नो आमा बुबासँग झुट बोल्छन् उनीहरुलाई आमा बुबा मायाले माया गर्दैनन् त्यसैले झुट बोल्नुहुन्न भनेर सम्झाउनुहोस् ।

३. सकरात्मक बाटो देखाउने

कतिपय अवस्थामा बच्चाहरु गालीबाट बच्नको लागि पनि झुटको सहारा लिन्छन् । जस्तै उनीहरुलाई आफ्नो असफलता भन्नुपर्दा लज्जित हुनुपर्छ भनेर झुट बोल्न सक्छन् । यस्तो अवस्थामा तपाईंले उनीहरुलाई गाली गर्ने, हप्काउने गर्नुभन्दा उनीहरुलाई मायाले सम्झाउन पर्दछ ।

असफल भए पनि अर्को प्रयास गर्नुपर्छ भनेर हौसला दिनुपर्छ । यस्तो अवस्थामा उनीहरुको सकारात्मक व्यवहारको तारिफ गर्नुपर्दछ ।

४. बच्चाहरुलाई सम्मान गर्ने

बच्चाहरुलाई तपाईंले उनीहरुलाई विश्वास गर्नुहुन्न भन्ने नहोस् । परिवार वा साथीभाईको बीचमा उनिहरुलाई अपमान गर्ने वा गाली गर्ने गर्नु हुदैन् । उनीहरुसँग सम्मानपुर्वक र मायालु पारामा कुरा गर्नुपर्छ ।

५. बच्चाहरुबाट आवश्यकता भन्दा धेरै अपेक्षा नराख्ने

जब अभिभावकहरुले आफुमा धेरै अपेक्षा राख्छन् त्यतिखेर बच्चाहरु धेरै झुट बोल्ने गर्दछन् । नाच्न, खेल्न, पढ्न सबै क्षेत्रमा कोहि पनि पोख्त हुदैनन् । त्यसकारण उनीहरुको असफलतामा छिटो निरास हुनु हुदैन् ।

६. काल्पनिक कुराहरु सत्य हुदैन् भनेर सम्झाउने

बच्चाहरु कार्टुन वा अन्य पुराना कथाहरु सुन्न रुचाउछन् । त्यस्ता सामग्रीहरुमा कतिपय स्थानमा काल्पनिक, भ्रमित र नकारात्मक कुराहरु आउने गर्दछन् । त्यस्ता सामग्रीहरु सत्य नहुने र त्यसलाई विश्वास गर्न नहुने कुरा उनीहरुलाई सम्झाउनु पर्दछ ।

(एजेन्सीकाे सहयाेगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here