सेप्टेम्बरको अन्त्यदेखि यस्ता फोनमा गुगल म्याप, जिमेल र युट्युब नचल्ने

काठमाडौं । यही सेप्टेम्बर महिनाको अन्तबाट लाखौं स्मार्टफोनमा गुगल म्याप, युट्युब, जिमेल एपको सपोर्ट बन्द हुने भएको छ ।

गोपनीयता समस्याको कारण सेप्टेम्बर अन्त्यदेखि गुगलले पुरानो स्मार्टफोनमा गुगल म्याप, युट्युब, जिमेल एप ब्लक गर्ने भएको हो ।

कम्पनीका अनुसार सेप्टेम्बर २७ देखि कुनै पनि एन्ड्रोइड २.३ मा आधारित स्मार्टफोनमा गुगल सर्भिसलाई ब्लक गरिने छ । अर्थात् सेप्टेम्बरबाट प्रयोगकर्ताले त्यस्ता स्मार्टफोनमा गुगलको सर्भिसमा लगइनको अप्सन पाउने छैनन् ।

गुगलका अनुसार प्रयोगकर्ताको सुरक्षा ध्यानमा राख्ने प्रयास गर्दै अब उक्त भर्सनका स्मार्टफोनमा यी तीन एपको सपोर्ट बन्द गर्ने निर्णय गरिएको हो ।एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here