किन खाने हरियो खुर्सानी ? यस्ता छन् अनेक फाइदा

काठमाडौं । धेरै मानिसहरु खुर्सानीले मानव स्वास्थ्यलाई हानि मात्रै गर्छ भन्छन् । सुन्दा अनौठो लाग्ला, तर, हरियो खुसार्नी खानाले स्वास्थ्यमा निकै फाइदा हुन्छ ।

हरियो खुसार्नीमा पाईने विटामिन ए, आयरन कपर, प्रोटिन र कार्बोहाइड्रेटले मानव स्वास्थ्यलाई निकै फाइदा पुर्याउछ ।

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा

१. हरियो खुसार्नी क्यालोरी रहित हुन्छ ।

२. हरियो खुसार्नीले डाइविटिजलाई पनि फइदा गर्छ । हरियो खुर्सानी खानाले तपाईको शरिरको ब्लड शुगर लेबल सन्तुलित हुने गर्छ ।

३. खुर्सानीमा पाईने फाइबरले कब्जीयतबाट बचाउनका साथै पाचन शक्ति बढाउँछ ।

४. हरियो खुसार्नीमा एन्टी बैक्टीरियल गुण पाईन्छ जसले गर्दा छाला सम्बन्धि रोग लाग्नबाट बचाउँछ ।

५. क्यान्सर बाट बच्न हरियो खुर्सानीले सहयो गर्छ । हरियो खुर्सानीमा एन्टीअक्सीडेन्ट हुन्छ जसले शरिरको रोग प्रतिरोधक क्षमता बढाउँछ । पुरुषहरुलाई हरियो खुर्सानीले पोस्ट्रेट कैंसर को खतराबाट बचाउने गर्छ ।

६. प्रतिरक्षामा सुधार ल्याउँर्न सहयोग गर्छ । हरियो खुर्सानीमा भिटामिन सी भरपूर मात्रामा हुन्छ जसले प्राकृतिक प्रतिरषमा सुधार गर्छ । यसले तपाईलाई विमारी हुनबाट बचाउँछ अर्थात् रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

७. हरियो खुर्सानी सेवन गर्नाले छालाको लागी फाइदाजनक । हरियो खुर्सानीमा भिटामिन इ पनि पाइन्छ जसले छालाको लागि आवश्यक प्राकृतिक तेल बनाउने गर्छ । यसले छाला मुलायक र राम्रो हुन जान्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here