सामाजिक सञ्जालको आम्दानीमा सरकारले लगायो १ प्रतिशत कर

काठमाडौं, २५ भदौ । सरकारले विभिन्न सामाजिक सञ्जालमा कर लगाउने भएको छ । प्रतिस्थापन विधेयकमार्फत सामाजिक सञ्जालबाट हुने आम्दानीमा कर लाग्ने बताईएको छ ।

नेपालभित्र व्यवसाय सञ्चालनमा संलग्न नरहेका प्राकृतिक बासिन्दाले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा मार्फत प्राप्त भएको आम्दानीमा १ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ ।

सामाजिक सञ्चालमा श्रव्य दृश्य सामाग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्तानी प्राप्तमा त्यसमा कर लाग्ने व्यवस्था गरिएको हो ।

यस्तो आम्दानीबापत बिदेशी मुद्रा प्राप्त गर्दा सम्वन्धीत बैंक, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण गर्ने संस्थाले एक प्रतिशतका दरले अग्रिम कर असुल्ने व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here