फेसबुकको स्मार्ट चस्मा : फोन उठाउन तथा बोलेरै फोटो/भिडियो खिच्न मिल्ने

THE VERGE

काठमाडौं । फेसबुकको स्मार्ट चस्मा सार्वजनिक भएको छ । चस्मा उत्पादक कम्पनी रे-बन एसिलर लक्जोटिकासँगको सहकार्यमा फेसबुकले स्मार्ट चस्मा तयार गरेको हो ।

रे-बन स्टोरिज नाम दिइएको चस्माको बजार मूल्य दुई सय ९९ अमेरिकी डलर (३५ हजार नेपाली) तोकिएको छ । रे-बनको साधारण चस्माजस्तै डिजाइन गरिएको चस्माको फ्रन्टमा पाँच मेगा(पिक्सेलको दुईवटा क्यामरा छन्, जसमार्फत् फोटो तथा भिडियो खिच्न मिल्ने बताईएको छ ।

फेसबुक-भ्यु एपमार्फत नियन्त्रण गरी खिचिएका फोटो तथा भिडियोलाई इडिट गरी अन्य एपमा पनि पठाउन सकिने जनाइएको छ । क्यामेराका लागि ग्लासमा एउटा बटन उपलब्ध गराइएको छ । अथवा ‘हे फेसबुक, टेक अ भिडियो’ भनेर भ्वाइसमार्फत पनि फोटो तथा भिडियो खिच्न निर्देशन दिन सकिन्छ ।

यस चस्माबाट डिभाइस मेमोरी नभरिएसम्म प्रयोगकर्ताले पाँच सय फोटोहरू र ३० सेकेन्डसम्मको भिडियो खिच्न सक्नेछन् । यसबाहेक फ्रेमको दुवै छेउमा भएको स्पिकरले ब्लु-टुथको सहयतामा म्युजिक, पडकास्ट सुन्नका साथै फोन कल प्राप्त गर्न पनि सकिन्छ ।

फ्रेमको साइडमा भएको टच-प्याडले प्ले गर्न, पज गर्न तथा साउन्डको भोल्युम बढाउन सकिन्छ ।

उक्त चस्मा पूर्ण चार्ज हुनका लागि ६ घण्टा लाग्छ । चस्माको भित्री भागमा देखिने प्रकाशले विभिन्न जानकारी दिन्छ ।

पूर्ण चार्ज हुँदा हरियो, ब्याट्री कम हुँदा सुन्तला रङ, पेयर गर्नका लागि नीलो, ब्याट्री सकिँदा वा ओभर हिट हुँदा रातो, र फोटो खिच्दा समस्या भए सेतो प्रकाश देखिन्छ । द भर्ज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here