त्रिकोणात्मक ओडिआई सिरिज : आज नेपाल र अमेरिका भिड्दै

फाइलफोटो

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजेबाट पछि ओमानको अल अमरेत क्रिकेट मैदान मस्कटमा सुरु हुनेछ ।

दुवै टोली त्रिकोणात्मक सिरिजमा सानदार विजयी सुरुवात गर्ने लक्ष्यमा छन् । अमेरिका सौरभ नेत्रवालकार र नेपालको ज्ञानेन्द्र मल्लले कप्तानी गर्दैछन् ।

यस सिरिजअघि नेपाल र अमेरिकाले पपुवा न्युगिनीसँग दुई÷दुई वटा खेल खेलेका थिए । जसमा नेपाल र अमेरिकाले दुवै खेलमा जित निकालेका थिए ।

पछिल्लो पटक नेपाल र अमेरिकाबीच २०२० फेब्रुअरीमा टियु मैदानमा प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले अन्तिम खेलमा अमेरिकालाई ओडिआई इतिहासकै सर्वाधिक कम ३५ रनमा अल आउट गरेको थियो ।

यस्तो छ हेड टु हेड

नेपाल र अमेरिकाबीच दुई ओडिआई खेल भएको छ । दुवै खेलमा नेपाल विजयी भएको छ । गत वर्ष पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो । नेपालले २०१० को डिभिजन फाइभको फाइनलमा अमेरिकालाई पाँच विकेटले हराउँदै उपाधि जितेको थियो । नेपाल लिग खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको थियो ।

विश्वकप लिग-२ अंक तालिका

नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

नेपाल ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ छैटौं स्थानमा छ । ओमान १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।

नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । संयुक्त अरव इमिरेट्स ९युएई० ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिसहोमको एक्सन स्पोर्ट्सले गर्नेछ । नेपालले भोलि ४ः१५ मा ओमानको सामना गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here