जापानमा १०० वर्षभन्दा धेरै बाच्ने ८५ हजार नाघे, यहाँका मानिसको आयु किन धेरै हुन्छ ?

काठमाडौं । विश्वमा सबैभन्दा स्वस्थकर र लामो जीवनशैली हुने मानिसका रुपमा जापानका मानिसलाई बुझिन्छ । १२ फेब्रुअरी २०२० मा जापानका ११२ वर्षका चित्तेसु वतनबेले सबैभन्दा धेरै बाच्ने व्यक्तिको रेकर्ड बनाए । तर, २३ फेब्रुअरी २०२० मा नै उनको मृत्यु भयो ।

जापानका महिलाहरुको औषत आयु ८६ वर्ष छ भने पुरुषको ८० वर्षको आसपास छ । जापानमा १०० वर्षभन्दा धेरै बाच्ने मानिसको संख्या ८५ हजार नाघेको छ । जबकी नेपालको औषत आयु ६३ वर्षमात्रै छ । किन जापानका मानिसहरु अन्य देशका तुलनामा धेरै बाच्छन् त । यस्ता छन् कारण :

भोकभन्दा कम खाना

जापानी मानिसहरु स्वस्थ रहनुको प्रमुख कारण पेटभर खाना नखानु पनि हो । यहाँका मानिसहरु भोको पेटलाई ८० प्रतिशतजति मात्रै भर्छन् । पेटभरी खाना खादा अल्छीपनका साथै मोटोपन र अन्य विभिन्न प्रकारका समस्याहरु पनि हुन्छ ।

सरसफाइ र स्वास्थ्यको हेरचाह

जापानका मानिसहरु आफ्नो स्वास्थ्यको विषयमा निकै चनाखो हुन्छन् । निरन्तर रुपमा स्वास्थ्य परिक्षण गरिरहन्छन् । यसका अलवा सरसफाइमा पनि यहाँका मानिसहरु निकै ध्यान दिन्छन् । यहाँको मनिसहरु सरसफाइलाई नैतिक कर्तव्य सम्झन्छन् ।

खाने तरिका

जापानका मानिसहरु थालमा खादैनन् । उनीहरु सानो प्लेट वा कचौंरामा खानेकुरा खाने गर्छन् । साथै खाना खाएको समयमा टेलिभिजन र मोबाइलको कम प्रयोग गर्छन् । चपस्टीकले खाने भएको कारण बिस्तारै खान्छन् । साथै, खानामा मौसमी फल, माछा, भातका साथै सन्तुलित खानेकुरा खान्छन् ।

धेरै हिड्ने बानी

जापानका मानिसहरु धेरै समय एकै स्थानमा बस्न रुचाउदैनन् । उनीहरु चलायमान रहन्छन् । यहाँका यूवादेखि बृद्धासम्म सबैजना हिड्न मन पराउछन् । जापानका धेरैजसो मानिसहरु कलेज तथा अफिस पैदल नै जान मन पराउछन् । यसका अलवा साइकलबाट या त ट्रेनबाटै नै जना रुचाउछन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here