कर्णाली प्रदेशका ११ हजार ६ सय जना वैदेशिक रोजगारीमा, सबैभन्दा कम हुम्लाबाट

काठमाडौं, ३० भदौ । कर्णाली प्रदेशका ११ हजार ६ सय जना २३ जना वैदेशिक रोजगारीममा गएका छन् ।

सरकार, श्रम तथा रोजगार मन्त्रालय अन्तरर्गत वैदेशिक रोजगार विभागद्धारा प्रकाशित प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७६/ ७७ मा कर्णाली प्रदेशबाट ११ हजार ६ सय २३ जना वैदेशिक रोजगारीमा गएका छन् ।

त्यस मध्ये सबैभन्दा वढी ३७८४ जना सल्यान जिल्ला र सबैभन्दा कम ५० जना हुम्ला जिल्लाबाट वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

तर खुला सिमानाका कारणले यस प्रदेशका विभिन्न क्षेत्रहरुबाट मौसमी कामका लागि उल्लेख्य संख्यामा छिमेकी देश भारत जाने गरेका भएता पनि त्यसका आधिकारिक तथ्याङ्क उपलब्ध हुन सकेको छैन ।

त्यस्तै कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६६ प्रतिशत साक्षर रहेको कर्णालीमा ३४ प्रतिशत नागरिक साधारण लेखपढ गर्न जान्दैनन् ।

प्रदेशका १० जिल्लाका ७९ मध्ये ३६ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको छ । । प्रदेश योजना आयोगले आव २०८०र८१ सम्म कर्णालीको साक्षरता ९५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

कर्णाली सरकारले प्रदेशलाई साक्षर बनाउन आव २०७५/७६ देखि विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । तीन वर्षभित्र कर्णालीलाई साक्षर प्रदेश घोषणा गर्ने भन्दै तीन वर्षअघि प्रदेश सरकारले दुई करोड बजेट विनियोजन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here