धेरै खाएर मात्रै होइन यस्ता गल्तीले पनि बढ्छ तौल

काठमाडौं । अनावश्यक तौल हामीमध्ये धेरैको समस्या हो । धेरैजसो मानिसहरु तौल बढ्नुलाई सोझै खानपानसंग जोड्ने गर्छन् । त्यसमा पनि धेरै खादा तौल बढ्छ भन्ने मान्यता पनि कतिपय मानिसमा पाइन्छ ।

तर, खानपानमा ध्यान नदिने हो भने थोरै खादापनि अनावश्यक रुपमा तौंल बढ्ने कुरा चिकित्सकहरु बताउछन् ।

धेरै चिल्लो पदार्थ भएको खानेकुरा खादा पनि अनावश्यक रुपमा तौल बढ्ने कुरा विभिन्न अध्ययनले देखाएको छ । यदी तपाई कम खानुहुन्छ तर, ती कम खानेकुरामा चिल्लो पदार्थ धेरै भएको खानेकुरा रोज्नुहुन्छ भने पनि तपाईंको तौल अनावश्यक रुपमा बढ्छ ।

कसरी बढाउछ चिल्लो पदार्थले अनावश्यक तौल ?

यदी तपाईं लामो समयसम्म चिल्लो पदार्थ धेरै भएको खानेकुरा खानुहुन्छ भने त्यो चिल्लो पदार्थले मष्तिस्कको बडी क्लकलाई प्रभावित पार्छ । जसको कारण हर्मोनको काम, भोक र पूरा शरिरमा असर पर्छ ।

जब, मष्तिस्कको बडी क्लकमा असर पर्छ तब प्रयाप्त मात्रामा खानेकुरा खादापनि सन्तुष्ट हुँदैनौं र जसको कारण शरिरलाई आवश्यकभन्दा धेरै खान्छौं, जसले मोटोपनको समस्या निम्त्याउछ ।

धेरै चिल्लो पदार्थ भएका खानुकुरा खानबाट जागिनुस्

यदी तपाईं पनि स्लिम र स्वस्थ रहन चाहनुहुन्छ भने चिल्ला पदार्थ धेरै भएका खानेकुरा खानबाट जोगिनुस् ।

आफ्नो तौललाई नियन्त्रित राख्नको लागि भान्सामा तेल र घ्यूको प्रयोगलाई कम गर्नुपर्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here