च्याम्पियन्स लिग: स्टार खेलाडीले भरिएको पीएसजी बराबरीमा रोकियो

काठमाडौं, ३१ भदौ । युइएफए च्याम्पियन्स लिगको समूह चरणको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा स्टार खेलाडीले भरिएको पीएसजी बेल्जियन क्लब ब्रुगसँग १–१ को बराबरीमा रोकिएको हो ।

अग्रपङ्तिमा लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेलाई एकैपटक मैदानमा उतारे पनि अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्यत भयो ।

खेलको १५ औं मिनेटमा एन्डेल हरेराले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर २७ औं मिनेटमा हानाकेनले गोल गरेपछि खेल १-१ गोलको बराबरीमा पुर्‍याए ।

त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र पीएसजीले अंक बाढ्यो । यो नतिजासँगै पीएसजी र क्लब ब्रुगले समान १ अंक जोडेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here