फिफा र्‍याङकिङमा नेपाल स्थिर, पहिलो बेल्जियम

काठमाडौं । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार नेपाल स्थिर रहेको छ ।

फिफाले विहीबार सार्वजनिक गरेको अपडेटअनुसार नेपाल १६८ औं स्थानमा नै रहेको छ ।

विश्व बरियताको शिर्ष स्थानमा बेल्जियम रहेको छ । बेल्जियम १८३२.३३ अंकसहित शिर्ष स्थानमा रहेको हो ।

त्यस्तै, दोस्रोमा ब्राजिल, तेस्रोमा इङ्ल्याण्ड, चौथोमा फ्रान्स, पाचौंमा इटाली रहेका छन् । त्यस्तै, अर्जेन्टिना, पोर्चुगल, स्पेन, मेक्सिको र डेनमार्क क्रमश छैटौ, सातौ, आठौं, नवौं र दशौ स्थामा छन् ।

एसियामा इरान पहिलो स्थान र फिफा र्‍याङकिङमा २२ औं रहेको छ । त्यस्तै, दक्षिण एसियामा भने भारत पहिलो स्थान र फिफा र्‍याङकिङमा १०७ औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here