त्रिकोणात्मक ओडिआई सिरिज : आज नेपाल र अमेरिका भिड्दै

फाइलफोटो

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजेबाट ओमानको अल अमरेत क्रिकेट मैदान मस्कटमा सुरु हुनेछ ।

यसअघि भएको त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । अमेरिका सौरभ नेत्रवालकार र नेपालको ज्ञानेन्द्र मल्लले कप्तानी गर्दैछन् ।

यस्तो छ हेड टु हेड

नेपाल र अमेरिकाबीच तीन ओडिआई खेल भएको छ । तीनैखेलमा नेपाल विजयी भएको छ । नेपालले २०१० को डिभिजन फाइभको फाइनलमा अमेरिकालाई पाँच विकेटले हराउँदै उपाधि जितेको थियो ।

विश्वकप लिग-२ अंक तालिका

नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

नेपाल ६ खेलमा ३ मा जित र ३ मा हार सहित ६ अंकका साथ छैटौं स्थानमा छ । ओमान १२ खेलमा १० मा जित र २ मा हार सहित २० अंकका साथ शीर्ष स्थानमा छ ।

आजको खेल जितेको खण्डमा नेपाल चौंथो स्थानमा उक्लने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here