तीन दिनमै प्रतितोला २१०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं, १ असोज । शुक्रबार सुनको मूल्य प्रतितोला १४०० रुपैयाँ घटेको छ । यो संगै गएको तीन दिनमै सुनको मूल्य प्रतितोला २१०० रुपैयाँ घटेको छ ।

गत बुधबार सुन प्रतितोला ९१ हजार २०० मा कारोबार भएको छापावाल सुनको आजको कारोबार मूल्य ८९ हजार १०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला ८८ हजार ६५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ घट्यो । आज चाँदीको कारोबार मूल्य प्रतितोला ११७० रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here