इन्स्टाग्रामले बढायो किशोरकिशोरीमा डिप्रेसन र एन्जाइटी समस्या

BBC

काठमाडौं । इन्स्टाग्रामको प्रयोगले किशोरकिशोरीमा डिप्रेसन बढाएको पाइएको छ । वालस्ट्रिट जर्नलका अनुसार इन्स्टाग्रामको प्रयोगले किशोरकिशोरीमा डिप्रेसन र एन्जाइटीको प्रभाव बढेको छ ।

इन्स्टाग्रामको प्रयोगका कारण तीनमध्ये एक किशोरीमा आफ्नो रुप र शरीरबारे नकारात्मक धारणा पैदा गर्ने अध्ययनको निष्कर्ष रहेको छ । किशोरकिशोरीहरूले आफ्नो डिप्रेसन र एन्जाइटीको तह बढ्नुमा इन्स्टाग्राम दोषी रहेको आरोप लगाएको दाबी गरेका छन् ।

सन् २०२० मा इन्स्टाग्रामले गरेको अध्ययनमा ३२ प्रतिशत किशोरीहरूले आफूलाई आफ्नो शरीर नराम्रो लाग्ने भावना आउँदा इन्स्टाग्रामले यो भावनालाई थप बढाउने आरोप लगाएका छन् ।

सर्वेक्षणमा भाग लिएका १३ प्रतिशत युकेका र ६ प्रतिशत अमेरिकी प्रयोगकर्ताहरूले इन्स्टाग्रामका कारण आफूमा नकारात्मक धारण वृद्धि भएको बताएका छन् ।

इन्स्टाग्रामले भने प्रयोगकर्ताको जटिल र अप्ठ्यारो परिस्थिति बुझ्न आफू प्रतिबद्ध भएको जनाएको छ । सामाजिक सञ्जालले किशोर किशोरीहरूको भावनात्मक र मानसिक स्वास्थ्यमा परेको प्रभावलाई अनुसन्धान गरेको थियो ।

तर केही वर्षदेखि अनुसन्धानको निष्कर्ष गोप्य राखेको भन्दै फेसबुक स्वामित्वको फोटो शेयरिङ एप इन्स्टाग्रामको आलोचना भइरहेको छ । बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here