‘संविधान मान्दैनौँ, दिवस मनाउँदैनौँ भनेर विरोध गर्नु जनतालाई धोका दिनु हो’

काठमाडौं, ३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान मान्दैनौँ, दिवस मनाउँदैनौँ भनेर विरोध गर्ने तत्वहरुले जनतालाई धोका दिएको बताएका छन् ।

संविधान दिवसको अवसरमा पार्टीले आइतवार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनताको बलिदानको सधैँ कदर गर्ने भनेर विरोध गर्ने हरेकले संविधानको शपथ खाएका बताएका हुन् ।

ओलीले मधेस केन्द्रित दललाई संकेत गर्दै भने, ‘अहिले पनि पनि संविधान मान्दैनौँ, संविधान दिवस मनाउँदैनौँ भनेर विरोध गर्नु जनतालाई धोका दिनु हो।

विरोध गर्ने हरेकले संविधानको शपथ खाएका छन्, यस्तो दोहोरो नीति हुँदैन। संविधानलाई टेकेर शपथ खाने।

अझै आफ्नो क्षेत्रकाले बुझ्दैनन् भनेर आफ्नै भाषामा समेत शपथ खाने। अनि विरोध गर्‍यौँ भनेर नक्कली कुरा गर्ने ?’

संविधान जारी गर्ने क्रममा संविधानसभामा अनेक ताण्डव देखाइएको पनि उनले बताए। ‘संविधान सभाभित्रै संविधान जारी गर्न नचाहने शक्तिले अनेक ताण्डव देखाए’, उनले भने,’संविधान सभा भित्रै कुर्सी र माइक हानेर भौतिक आक्रमणको प्रयास समेत गरियो। हामीले धम्कीको पनि सामना गर्नुपरेको थियो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here