यी हुन् संसारकै सबैभन्दा महङ्गा ५ चलचित्र, कमाई कति ?

काठमाडौं । हलिउड महङ्गो चलचित्र निर्माणमा सबैभन्दा अघि छ । हलिउडमा बनेका चलचित्रको बजेट १०० मिलियनभन्दा धेरै हुन सामान्य कुरा भईसक्यो ।

अक्सर हलिउडमा चलचित्रको लागत तथा कमाइको हिसाब किताब गोप्य नै रहन्छ । यसकारण पनि कुल सिनेमा कति लागतमा बन्यो भन्न गार्है पर्छ ।

कलाकारहरुको बजेट तथा सिनेमाका प्रयोग भएका प्रविधिको कारण पनि हलिउड फिल्म महङ्गा हुन्छन् । हलिउडको हालसम्मकै सबैभन्दा महङ्गो चलचित्र ‘पाइरेट्स अफ द क्यारेबियनः अन स्ट्रेन्जर टाईड्स’ लाई मानिन्छ ।

यी हुन् अहिलेसम्मका सबैभन्दा महङ्गा चलचित्रः

५. ‘ट्याङ्गल्ड’ (२६० मिलियन डलर)

एनिमेटेड चलचित्रहरूमध्ये सबैभन्दा पहिले बनेको चलचित्र ट्याङ्गल्ड नै हो । सन् २०१० मा बजेको यो चलचित्रमा ‘म्याण्डी मुर’ले ‘रपुञ्जेल’को पात्रमा आवाज दिएकी थिइन्।

कुल २६० मिलियन डलर खर्च गरेर बनाईएको यो चलचित्रले अमेरिकाबाट मात्रै २०० मिलियन डलर र विश्वभरीबाट ६०० मिलियन डलरको कमाइ गरेको थियो ।

ट्रेलरः

४. ‘जोन कार्टर’ (२६३ मिलियन डलर)

सन् १९३० मा नै बनाउने योजना गरिएको यो सिनेमा डिज्नीले ७० वर्षपछि मात्र यसलाई पर्दामा ल्याएको हो । यसको वास्तविक कथालाई सबैले बिर्सिसकेको हुनाले धेरैले यो चलचित्रमा चासो देखाएका थिएन ।

२ सय ६३ मिलियन लगानी गरिएको यो सिनेमाले अमेरिकाबाट ७३ मिलयन र विश्वभरीबाट २११ मिलियन डलर कमाएपछि डिज्नीले यसको दोस्रो भाग निकाल्ने योजना रद्द गरेको थियो ।

ट्रेलरः

३. ‘एभेन्जर्सः एज अफ अल्ट्रन’ (२७९ मिलियन डलर)

‘मार्भल’ स्टुडियोको एभेन्जर्स सिनेमासंग त धेरै मानिसहरु परिचीत नै छन् । पछिल्लो समय रिलिज भएको एभेन्जर्स इन्डगेमले त कमाईमा नयाँ रेकर्ड पनि कायम गर्यो ।

कुल २७९ मिलियन डलरको बजेट रहेको यो चलचित्रले विश्वभरबाट १.३९४ बिलियन डलर कमाई गरेको थियो ।

ट्रेलरः

२. ‘पाइरेट्स अफ द क्यारेबियनः एट वर्ल्ड्स इण्ड’ (३०० मिलियन डलर)

‘पाइरेट्स अफ द क्यारेबियनः एट वर्ल्ड्स इण्ड’ सिनेमाको विषयमा मानिसहरुले धेरै लगानी गरे पनि गुणस्तर बिनाको चलचित्र भनेका थिए । यो चलचित्र वास्तविक कथाबाट धेरै कुराहरू छुटेको भन्दै आलोचित पनि भएको थियो ।

कुल ३०० मिलियनमा बनेको यो सिनेमाले ९३० मिलियन डलर कमाइ गरेको थियो ।

ट्रेलरः

१. ‘पाइरेट्स अफ द क्यारेबियनः अन स्ट्रेन्जर टाईड्स’ (३७८.५ मिलियन डलर)

सन् २०११ मा रिलिज भएको यो चलचित्र ‘पाइरेट्स अफ द क्यारेबियन’ मा ‘समुन्द्री डाँकु’को दुनियाको चर्चित कुख्यात डाँकु ‘ब्ल्याकबियर्ड’लाई फिल्ममा समावेश गरेको थियो।

३ सय ७८.५ मिलियनमा बनेको यो चलचित्रले विश्वभरबाट १.०४६ बिलियन डलर उठाउन सफल भएको थियो । यो चलचित्रले उक्त समयमा हलिउड बक्स अफिसको धेरै रेकर्डहरु तोडेको थियो । (एजेन्सी)

ट्रेलरः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here