एम्बाप्पे, नेयमार र मेस्सी एकैपटक मैदान उत्रिएको खेलमा पीएसजीको सहज जित

काठमाडौं, ४ असोज । फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग १ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ।

पीएसजीकै मैदानमा भएको खेलमा उसले पाहुना टिम लियोनविरुद्ध २–१ गोलको जित निकालेको हो। पीएसजीको जितका लागि नेयमार र माउरो इकार्डील गोल गरेका थिए।

नेयमारले खेलको ६६औँ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए भने इकार्डीले खेलको ९३औ मिनेटमा निर्णायक गोल गरेर पीएसजीलाई जिताएका थिए ।

योसँगै पीएसजीले फ्रेन्च लिग वानमा लगातार छैटौ जित हासिल गरेको छ । पिएसजीको ६ खेलमा १८ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै लियोनको भने ६ खेलमा २ जित, २ बराबरी र २ हारसहित ८ अंक भएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here