जापानी दिदीबहिनीको वर्ल्ड रेकर्ड, बने धेरै बाच्ने जुम्ल्याहा

काठमाडौं । जापानी दिदीबहिनीलाई गिनिज वर्ल्ड रेकर्ड विश्वमै सबैभन्दा ज्येष्ठ जीवित जुम्ल्याहाका रूपमा प्रमाणपत्र प्रदान गरेको छ ।

सेप्टेम्बर १ तारिखमा १०७ वर्ष ३०० दिन भएसंगै उनीहरुलाई उक्त प्रमाणपत्र दिईएको हो ।

उमेनो सुमियामा र कोउमी कोदामले यसअघि जापानकै अर्का जुम्ल्याहा दिदीबहिनीको नाममा रहेको कीर्तिमान तोडेका हुन् ।

सन् १९१३ को नोभेम्बर ५ का दिन सोदोसिमा टापुमा जन्मिएका उमेनो र कोउमी निकै मिलनसार व्यक्तिका रूपमा परिचित छन् ।

यसअघिका किन र जीन १०७ वर्ष १७५ दिनको कीर्तिमान कायम गरेका थिए ।

किनको मृत्यु सन् २००० को ज्यानुअरीमा भएको थियो भने त्यसको एक वर्षपछि १०८ वर्षको उमेरमा जीनको मृत्यु भएको थियो ।

गिनिज बुकका अनुसार अहिले जीवित रहेका ज्येष्ठ नागरिक समेत जापानकै ११८ वर्षीय महिला कानी तानका छिन् । बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here