फेरी बढ्यो सुनको भाउ, अहिलेसम्मकै उच्च मुल्यमा कारोबार

काठमाडौं, १० असार । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।

मंगलबार सुनको भाउमा प्रतितोला पाँच सय रुपैयाँले वृद्धि भई अहिलेसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघले तोकेको मुल्य अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतिताेला ६५ हजार पाँच सय रुपैयाँ पुगेकाे छ ।

शुक्रबार प्रतिताेला ६५ हजार रुपैंयाँ पुगेर इतिहासकै उच्च मुल्य कायम भएको सुनको भाउ सोमबार सम्म ६५ हजार रुपैयाँमै कारोबार भयो ।

तर, मंगलबार फेरी तोलामा पाँच सयले बढेर अहिलेसम्मकै उच्च भएको छ ।

त्यस्तै मंगलबार तेजाबी सुन भने प्रतितोला ६५ हजार दुई सय रुपैयाँ र चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भएको पनि नेपाल सुनचाँदी व्यावसायी महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here