एनआरएनए अध्यक्षमा कुल आचार्यले गरे उम्मेदवारी घोषणा

काठमाडौं, १० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी(२०२१- २०२३) कार्यकालका अध्यक्षका लागि कुल आचार्यले उमेदवारी घोषणा गरेका छन् ।

एनआरएनको पूर्व उपाध्यक्ष समेत रहेका आचार्यले आइतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

संघको दशौं विश्व सम्मेलन अक्टोबर २३ देखि २५ सम्म काठमाडौंमा हुँदैछ । पर्वत जिल्लामा जन्मेका हाल आचार्य बेलायमा व्यवसाय गर्दै आइरहेका छन् ।

अघिल्लो निर्वाचनमा उनी वर्तमान अध्यक्ष कुमार पन्तसँग पराजित भएका थिए । संघका उनी पूर्वउपाध्यक्ष हुन् ।

यसअघि अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी सकेकी छिन् ।

अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२१- २०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here