नोबेल साहित्य पुरस्कार अब्दुलरजाक गुर्नहलाई

काठमाडौं, २१ असोज । तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहले यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार पाउने भएका छन् ।

बिहीबार स्टकहोममा आयोजित पुरस्कार घोषणा कार्यक्रममा स्विडिस एकेडमीले सन् २०२१ नोबेल साहित्य पुरस्कार गुर्नहलाई दिइने घोषणा गरेको हो ।

गुर्नाहले आफ्नो कृतिमा समावेश गरेको उपनिवेशवादको प्रभाव र संस्कृति तथा खाडी क्षेत्रमा शरणार्थीको भाग्यको विषयमा गरेको चित्रणको लागि उनलाई नोबेल पुरस्कार दिने निर्णय गरेको जनाइएको छ ।

तान्जानियाको जन्जिबारमा जन्मिएका गुर्नहले बेलायतमा बसेर अंग्रेजीमा लेख्दै आएका छन् ।

गुर्नाहको जन्म सन् १९४८ मा भएको हो ।

प्रत्येक वर्ष विभिन्न ६ विधामा नोबेल पुरस्कार दिइन्छ । यस वर्षको लागि शरीर विज्ञान तथा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्रको नोबेल पुरस्कार घोषणा भइसकेको छ भने शान्ति र अर्थशास्त्रको पुरस्कारको घोषणा हुन भने बाँकी छ ।

यस वर्षको शान्तितर्फको नोबल पुरस्कार अक्टोबर ९ र अर्थशास्त्रतर्फको पुरस्कार अक्टोबर १२ मा घोषणा हुनेछ ।

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिस्ट र म्याकमिलनलाई

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन देशका वैज्ञानिकलाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here