दोहोरो अंकले घट्यो नेप्से, धेरै गुमाउन शिवम् सिमेन्टका लगानीकर्ता

काठमाडौं, २४ असोज । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से १८.५३ अंकले घटेर २६६२.५८ विन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२० कम्पनीको ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५८१ रुपैयाँ बराबरको ७२ लाख १ हजार ७४४ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ समूह मध्ये ३ वटाको परिसूचकमा हरियाली छाएको छ । भने १० वटाको परिसूचक घटेको छ । सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीहरुमा मैलुङ खोला जलविद्युत कम्पनी, जीवन विकास लघुवित्त र महिला लघुवित्त कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरि, आज शिवम सिमेन्ट, माउन्टेन हाइड्रो र रिडि हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी महिला लघुवित्त कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज १८ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here