थप ७०८ जनामा कोरोना पुष्टी, ११ जना संक्रमितको निधन

काठमाडौं, ५ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ७०८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २१२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८ हजार ९६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९३२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८५ हजार ८१३ पुगेको छ । संक्रिय संक्रमितको संख्या १० हजार ९४६ रहेको छ ।

पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ३ सय ३७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here