बाढीपहिरोमा मुलुकभर १११ को मृत्यु, ४४ वेपत्ता

काठमाडौं, ५ कात्तिक । मनसुन सकिएपछि परेको उच्च वर्षाका कारण सिर्जित बाढीपहिरोमा परि ज्यान गुमाउनेको संख्या १११ पुगेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार शुक्रबार दिउँसो सम्ममा ४४ जना बाढी र पहिरोमा परी वेपत्ता भएका छन् ।

विपत्तिमा परि ३७ जना घाइते भएका छन् ।

कात्तिक ३ गते बुधबार सबैभन्दा बढीको ज्यान गएको केन्द्रले जानकारी दिएको छ । सो दिन मात्रै ६३ जनाको मृत्यु भएको थियो भने २५ वेपत्ता भएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिमका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका छन् र पीडितलाई राहतको घोषण पनि सरकारले गरेको छ । त्यस्तै घर गुमाउनेहरुलाई रु। ३ लाख देखि रु। ५ लाखसम्म सहुलियत दिने पनि बताइएको छ ।

झरीका कारण किसानले काटेर खेतमा सुकाएको घान डुब्दा करोडौंको क्षति भएको छ । क्षतिको यकिन विवरण आउन भने बाँकी छ यद्यपि विज्ञहरुले २० प्रतिशत उत्पादन प्रभावित भएको बताएका छन् ।

धानकै कारण कुल गार्हस्थ उत्पादन तलमाथि पर्न सक्ने पनि उनीहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here