बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नलिई राजीनामा गर्ने

कात्तिक १०, काठमाडौं । आज बागमती प्रदेशमा सरकार रिक्त हुँदैछ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अहिले प्रदेश सभामा सम्बोधन गरिरहेकी छिन् ।

उनले सोही सम्बोधनमार्फत राजीनामा गर्दैछिन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गर्न लागेकी हुन् । मुख्यमन्त्री शाक्यले आफूले विश्वासको मत पाउने अवस्था नभएकाले माार्ग प्रशस्त गर्न लागेकी छिन् ।

शाक्य बागमती प्रदेशमा एकल बहुमतमा रहेको दलको नेताको रुपमा भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन् । तर उनको दल नेकपा एमाले विभाजित भई नेकपा ९एकीकृत समाजवादी० बनेपछि उनले संविधानअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here