बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए पद तथा गोपनीयताको शपथ

तस्विर -सामाजिक सञ्जाल

कात्तिक १०, काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् ।

बुधबार अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । सो पश्चात पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।

पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता समावेश गरी मन्त्रिपरिषद विस्तार समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here