विद्युत प्राधिकरणले माग्याे विभिन्न पदमा ६ सय ४४ कर्मचारी

काठमाडौं, १३ असार । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि ६ सय ४४ जना कर्मचारीकाे विज्ञापन खुलाएकाे छ ।

प्राधिकरणले शुक्रबार गाेरखापत्रमा एक सुचना प्रकाशन गर्दै प्रवन्धक देखि जुनियर टेक्निसियनसम्मका पदमा रिक्त पदका लागि कर्मचारी माग गरेको हो ।

प्राधिकरणले १० औं तहका ३ जना प्रवन्धक, ९ औं तहका २ जना उपनिर्देशक, ९ औं तहकै सिनियर चार्टर्ड एकाउन्टेन्ट १ जना, ९ औं तहकै उपप्रवन्धक २ जना लगायत उच्च तहका लागि आवेदन माग गरेको छ ।

त्यस्तै प्राधिकरणले ईन्जिनियर, मिटररिडिङ सुपरभाईजर, लेखापाल, सुपरभाईजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन लगायतमा आवेदन माग गरेको छ ।

प्राधिकरणले विभिन्न क्षेत्रमा गरी ईलेक्ट्रिसियन पदका लागि १ सय ३५ जनाको आवेदन माग गरेको छ । यस्तै सिनियर मिटर रिडरका लागि ९, सहायक लेखापाल का लागि ६६ जना माग गरेको छ ।

प्राधिकरणले माग गरेको पदहरुमा आवेदन दिनका लागि प्राधिकरणकै वेबसाईटमा गएर फारम डाउनलोड गरी भर्न सकिने विज्ञापनमा उल्लेख छ ।

सूचना प्रकाशित भएकाे २१ दिनसम्म अर्थात साउन २ गतेसम्म दरखास्त बुझाउन सकिने र त्यसपछि साउन ९ गतेसम्म दाेब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने पनि प्राधिकरणले बताएकाे छ ।

परीक्षा दस्तुर बापत तह १० काे लागि २ हजार रूपैयाँ, ९ र ८ काे लागि १५ सय रूपैयाँ, तह ७ काे लागि १२ सय रूपैयाँ, ५ काे लागि ८ सय रूपैयाँ र तह ४ र ३ काे लागि ६ सय रूपैयाँ लाग्ने पनि प्राधिकरणले जानकारी दिएकाे छ ।

कुन पदमा कति कर्मचारी आवश्यक ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here