टेस्लालाई दुई दिनमा ५० अर्ब डलर नोक्सान

काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्ला इंकको सेयर मूल्यमा लगातार दोस्रो दिन गिरावट आएको छ ।

यो ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको इतिहासमा दुई दिनमा भएको सबैभन्दा ठूलो गिरावट हो । भने जेफ बेजोसको २०१९ मा म्याकेनी स्कटसँगको सम्बन्ध विच्छेदपछि ३६ अर्ब डलरको गिरावटपछिको सबैभन्दा ठूलो एक दिनको गिरावट हो ।

कम्पनीका मालिक एलन मस्कले गरेको एउटा मत सर्वेक्षणमा ट्विटर प्रयोगकर्ताले मस्कले १० प्रतिशत सेयर बिक्री गर्नुपर्ने बताएपछि कम्पनीको सेयरमा गिरावट आएको जनाइएको छ ।

मंगलबार ४ दशमलब ९ प्रतिशले गिरावट आएको टेस्लाको सेयर मूल्य बुधबार ९ दशमलब ५ प्रतिशतमा झरेको छ ।

सेयर मूल्यमा गिरावटसँगै टेस्ला इन्कलाई करिव ५० अर्ब डलर नोक्सान भएको छ । टेस्साले पछिल्लो १४ महिनाको अवधिमा यति ठूलो परिणाममा नोक्सान भएको हो ।

एलोन मस्कले गत हप्ता सामाजिक सञ्जालमा ट्विटरमा आफ्नो कम्पनीको १० प्रतिशत शेयर बेच्नका लागि आम मानिससँग सल्लाह मागेको थिए । यो खबर आउनुअघि नै उनका दाजुले पनि धेरै शेयर बेचिसकेका थिए ।

टेस्लाको शेयरमा आएको गिरावटले मस्क र जेफ बेजोसबीच ८३ अर्ब डलरको अन्तर रहन पुगेको छ ।

गत हप्तासम्म मस्क बेजोसभन्दा ११६ बिलियन डलर अगाडि थिए । मस्कको कुल सम्पत्ति ३१५ बिलियन डलर थियो भने बेजोसको २९९ बिलियन डलर थियो ।

टेस्लाको शेयरको मूल्य यस वर्ष लगातार बढेको छ । टेस्लाको आम्दानी राम्रो र वृद्धि भएका कारण शेयरमा उच्च वृद्धि भइरहेको थियो ।

टेस्लाको बजार पूँजीकरण १ ट्रिलियन डलरभन्दा बढी छ । मस्कको ट्विटमा ३.५ मिलियनभन्दा बढीले भोट गरेका छन् । जसमध्ये ५९.६ प्रतिशतले ‘हुन्छ’ जवाफ दिएका छन् । त्यसैगरी ४२.१ प्रतिशत जनताले शेयर बिक्री नगर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here