थप ४४० जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

काठमाडौं, २४ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ४४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४०७ पीसीआर परीक्षण गर्दा ३८७ जना र १४०७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ गरी ४४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १५ हजार ७७२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४७४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९६ हजार ८८० पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ५१९रहेको छ ।

पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४६० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here