काठमाडौं, २४ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५५, ललितपुरमा ३२ र भक्तपुरमा १५ संक्रमित थपिएका हुन् ।
यो सहित काठमाडौं उपत्यकामा १५०२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५०४, ललितपुरमा ५०१ र भक्तपुरमा ४९७ सक्रिय संक्रमित छन्।
देशभर ४४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४०७ पीसीआर परीक्षण गर्दा ३८७ जना र १४०७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ गरी ४४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १५ हजार ७७२ जना पुगेको छ ।
४७४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९६ हजार ८८० पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ५१९रहेको छ ।
पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४६० पुगेको छ ।