आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र नर्सिङ पढाउन पाउने

कात्तिक २७, काठमाडौं । अब आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र नर्सिङ पढाउन पाउने भएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी)काअध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै बसेको बैठकले यस्तो निर्णय गरेको छ ।

बैठकले १ सय शैय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय समेत गरेको हो ।

परिषद्का मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने बताइएको छ । निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढाइने सीटीइभिटीले जानकारी दिएको छ ।

ऐनको प्रावधानअनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा भने तत्काल विद्यार्थी भर्ना लिएर शैक्षिक सत्रअघि बढाउने निर्णय संस्थाको छ ।

हालसम्म परिषद्तहका १ सय ९ मध्ये २४ शिक्षण संस्थाले मात्रै यी दुई मापदण्ड पूरा गरेका छन्  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here