कमला ह्यारसले सम्हालिन् ८५ मिनेट अमेरिकी राष्ट्रपतिको भूमिका, बन्यो इतिहास

GETTY IMAGES

वासिंटन डिसी, ४ मंसिर । कमला ह्यारिस अमेरिकामा राष्ट्रपतिको भूमिका निर्वाह गर्ने पहिलो महिला बन्न सफल भएकी छिन् ।

राष्ट्रपति जो बाइडनको नियमित स्वास्थ्य परीक्षण सुरु भएपछि उनले यस्तो अवसर पाएकी हुन् । बाइडनलाई नियमित कोलोनोस्कपीको परीक्षणका क्रममा शुक्रवार एनेस्थेसिया दिइएको थियो । त्यस समयको ८५ मिनेट राष्ट्रपतिको अधिकार ५७ वर्षिया ह्यारिसलाई दिइएको थियो ।

बीबीसीका अनुसार प्रक्रियापश्चात् बाइडनका चिकित्सकले एउटा विज्ञप्ति सार्वजनिक गरेका थिए जसमा उनी स्वस्थ अनि आफ्नो काम गर्नका लागि सक्षम रहेको उल्लेख गरिएको छ।

राष्ट्रपति बाइडनको ७९औँ जन्मदिनको एक दिनअघि उनको चिकित्सकीय परीक्षण गरिएको हो । अधिकारीहरूका अनुसार ह्यारिसले ह्वाइट हाउसको वेस्ट विङ्गमा रहेको आफ्नो कार्यालयबाट कार्य सम्पादन गरेकी छन्।

ह्यारिस अमेरिकाको उपराष्ट्रपति निर्वाचित हुने प्रथम महिलाका साथै पहिलो अश्वेत र दक्षिण एशियाली अमेरिकी हुन्।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले यस्तो परिस्थितिमा अस्थायी रूपमा अधिकार प्रत्यायोजन गर्नु अभूतपूर्व नरहेको र यो अमेरिकी संविधान अनुरूप रहेको बताएकी छन्।

सन् २००२ र २००७ मा राष्ट्रपति जर्ज डब्लु बुस यस्तै प्रक्रियामा संलग्न हुँदा समेत त्यहाँ राष्ट्रपतिको अधिकार उपराष्ट्रपतिमा दिइएको थियो । अमेरिकी राष्ट्रपतिका रूपमा पदभार ग्रहण गर्ने बाइडन हालसम्म सबैभन्दा वृद्ध उमेरका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here