सर्वोच्च परिसरमा कानून व्यवसायीको धर्ना, हतियारसहितका दंगा प्रहरी हटाइयो

काठमाडौं, ६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले सोमबार पनि सर्बोच्च अदालत परिसरमा धर्ना दिएका छन ।

प्रधानन्यायाधीशविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका कानुन व्यवसायीहरू ब्यानरसहित धर्ना दिइरहेका छन् ।

उनीहरुले विहान १० बजे सर्वोच्च परिसरमा भेला भएका कानून व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर धर्ना दिएका हुन् ।

सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरी हटाइएको छ । नेपाल बार एसोसिएसनको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका हात हतियारसहितका दंगा प्रहरीलाई सोमबार सर्वोच्च अदालत परिसरबाट हटाइएको हो ।

धर्नाका क्रममा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी समेत हुँदै आएको थियो । सोही क्रममा कतिपय कानुन व्यवसायीहरु घाइते समेत भएका थिए ।

राणाको राजीनामा माग गर्दै सर्वोच्चको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीहरुले दंगा प्रहरी हटाउन माग गर्दै आएका थिए । उनीहरुले आफ्नो शान्तिपूर्ण आन्दोनमा प्रहरी हस्तक्षेप भएको भन्दै आइतबार गृहमन्त्री बालकृष्ण खाँडको राजीनामा समेत माग गरेका थिए ।

नेपाल बार एसोसिएसनले शनिबार एक विज्ञप्ति जारी गर्दै मंसिर ५ गते आइतबारदेखि १० गते शुक्रबारसम्मका लागि नयाँ चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका थिए ।

सोही अनुसार आज देशभरका अदालतहरुमा विहान १० देखि १२ बजेसम्म कालोपट्टीसहित धर्ना र जुलुसलाई निरन्तरता दिएको हो । त्यस्तै आज नै संसदमा रहेका दलहरुलाई संसदीय दलमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here