बालोन डी’ओर विजेता घोषणा आज, मेस्सी मुख्य दाबेदार

काठमाडौं, १३ मंसिर । विश्व फुटबलकै सर्वाधिक प्रतिष्ठत अवार्ड बालोन डी’ओर को घोषणा सोमवार राती हुने भएको छ ।

फ्रान्सको पेरिसमा नेपाली समयानुसार राति १ः१५ मा बालोन डी’ओरको घोषणा हुन लागेको हो । विजेता घोषणा समारोहमा लियोनल मेसी र रोबेर्टो लेवान्डोस्कीलाई मुख्य दाबेदारको रूपमा हेरिएको छ ।

अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएका मेसी विजेताको मुख्य दाबेदार हुन् । मेसीले सिजन २०२०–२१ मा बार्सिलोनाका लागि ३८ गोल र १४ असिस्ट गरेका थिए ।

चेल्सीका स्टार जर्जिन्हो पनि बोलेन डी’ओर २०२१ को मुख्य दाबेदार हुन् । इटालीलाई युरो कप फुटबलको उपाधि जिताएका उनले चेल्सीलाई च्याम्पियन्स लिग फुटबलको उपाधि जिताएका थिए ।

मेस्सी अब सातौँ पटक बालोन डी‘ओर जित्ने अपेक्षामा छन् । उनले यसअघि ला लिगाको सर्वाधिक गोलकर्ता बनेर पिचिची अवार्ड हात पारेका थिए । कोपा अमेरिकामा सबैभन्दा धेरै चार गोल र पाँच असिस्ट गरे ।

यस्तै, दोस्रो स्थानमा पोल्यान्डका फरवार्ड लेवान्डोस्की छन् । जसले गत जनवरीयता यो वर्ष बायर्न र पोल्यान्डका लागि ४८ गोल गरिसकेका छन् ।

अर्का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भने आठौँ स्थानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here