अत्यावश्यक कामबाहेक विदेश यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, १५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश भ्रमणमा नजान सबैलाई आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड १९ को ओमक्रोन भेरियन्ट संक्रमणको जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहके विदेश भम्रण नगर्न सबैलाई अपिल गरेको हो।

हालसम्म उक्त भेरियन्ट नेपालमा फेला नपरेको तर, आवश्यक निगरानी तथा परीक्षणको दायरा फराकिलो पारिएको मन्त्रालयले प्रष्ट पारेको छ ।

ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न हुन आग्रह गरिएको हो ।

केही दिनअघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरिएन्ट (सार्स कोभ-२ भेरियएन्ट ओमिक्रोन) (बी.१.१.५२९) विश्वका अन्य मुलुकमा पनि तीव्ररुपमा फैलिरहेको छ।

यो भेरियन्ट बढी संक्रमण तथा सबै उमेर समूहका व्यक्तिहरूमा असर पर्ने देखिएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसको संक्रमण रोक्न सबै जना सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्नसमेत सबैमा अनुरोध गरिएको छ । कोभिड–१९ विरुद्धको खोपले कोरोनाबाट बचाउन मदत गर्ने र पायक पर्ने ठाउँमा गएर खोप लगाउनसमेत सबैमा अनुरोध गरिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here