राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन्।

नयाँ नेतृत्व चयनका लागि भएको पहिलो एकता महाधिवेशनबाट कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित भएका हुन् । अन्तिम मत परिणाम भने सार्वजनिक हुन बाँकी छ।

अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् ।

थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here